कोशीको सरकार गठन असंवैधानिक भएको भन्दै एमालेले हाल्यो सर्वोच्चमा रिट (पूर्णपाठ)

लोकपथ
143
Shares

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।

सरकार गठनमा सभामुखको पनि हस्ताक्षर गराएपछि उक्त कदम असंवैधानिक भएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले सर्वोच्चमा रिट दिएका छन् ।

एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेश गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?