ललिता निवास प्रकरण : रिटमा विपक्षीलाई पनि झिकाउने आदेश

लोकपथ
392
Shares

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मिन बहादुर गुरुङ, सुधीरकुमार शाह लगायतको रिटमा विपक्षीलाई पनि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको छ ।

गुरुङ लगायतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सिआइबीले भ्याकेट निवेदन दर्ता गराएपछि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले ललितानिवास प्रकरणमा सरकारी कागजात कीर्ते गरेको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लगायतका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

सिआइबीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको बताएपनि पक्राउ परेकाहरुले भने आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?