सुनको मूल्य घट्यो

काठमाडौं । बुधवार सुनको मूल्यमा २ सयले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलमा ६२ हजार ४ सयमा कारोबार भइरहेको छ । 

मंगलबार सुनको भाउ ६२ हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन आज ६२ हजार १ सयमा कारोबार भइरहेको छ।  

महासंघका अनुसार चाँदी आज तोलमा ७ सय ८० मा कारोबार भइरहेको छ।  

आज चाँदी तोलमा ५ रुपैयाँले गिरावत आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?