मुख्यमन्त्री नियुक्ती प्रक्रियाको विरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने

लोकपथ
156
Shares

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएसँगै एमाले र राप्रपाले विरोध जनाएका छन् ।मुख्यमन्त्री उद्धव थापा नियुक्ती प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका हुन् ।

सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद थिए । माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमसमेतको हस्ताक्षर राखी ४७ सांसदको समर्थनमा गठबन्धनले सरकार गठन गरेको हो ।

एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमतमा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?