ललिता निवास प्रकरण : गुरुङसहित तीन जनाको रिट निवेदन डा. भट्टराई र फुयालको संयुक्त इजलासमा

लोकपथ
126
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो ।

बिहीबार उक्त रिट निवेदन न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर न्यायाधीश रेग्मी कुनै बेला रिट निवेदन मिनबहादुरका निजी कानुन व्यवसायी रहेका कारण ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ गरिएको थिएन ।

रिट निवेदकहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?