कोशीका मुख्यमन्त्री थापाले गरे मन्त्रिपरिषद् विस्तार

लोकपथ
663
Shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् ।

माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?