काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय गुलामहरुले देश चलाएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूहरुलाई प्रधानमन्त्री प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् ।
मेयर शाहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको भनी टीप्पणी गरेका छन् ।
उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन् भनि प्रश्न समेत गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा रु सबै जना मरेका लाशहरु हुन् ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया