प्रदेश १ बाट आजदेखि श्रम स्वीकृती लिन पाइने

काठमाडौं । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृती प्रदान गर्ने भएको छ । 

वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आज (बुधवार)देखि विराटनगरबाट पनि श्रम स्वीकृती प्रदान गर्ने भएको हो । 

यसअघि सरकारले प्रदेश २, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट श्रम स्वीकृत सेवा प्रदान गरिसकेका छन् । 

प्रदेश ३ मा भने केन्द्रीय राजधानी समेत भएको प्रदेश भएकाले श्रम स्वीकृति दिने नदिने बारे अन्योल कायम रहेको छ । 

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्विकृती लगायतको सेवा प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे बिहान १० बजे सेवाको शुभारम्भ गर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । 

यसैगरी आज पहिलो दिन १५ जनालाई श्रम विस्कृती प्रदान गर्ने तयारी गरेको प्रदेश सरकारले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?