कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

लोकपथ
234
Shares

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले कांग्रेसका २९, माओवादी केन्द्रका १४ (सभामुख बाबुराम गौतमसहित), नेकपा एसका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ ।

राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्‍याइएको हो ।कोशी प्रदेशमा एमाले र राप्रपासँग पनि ४६ नै सीट रहेको छ ।

सभामुखले दल त्याग गरिसकेको हुनाले सरकार गठन प्रक्रियामा गणना गरिनु असंवैधानिक हुने भन्दै यसअघि एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?