मुख्यमन्त्रीका लागि कांग्रेसका थापाको दाबी पेश

लोकपथ
231
Shares

काठमाडौं । कांग्रेस नेता उद्धव थापाले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुख बाबुराम गौतमसहित ४७ सांसदले थापाको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् ।

माओवादी केन्द्र र जसपाले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै प्रदेश सभामा लिएको विश्वासको मत असफल भएपछि थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार साँझ पाँच बजेसम्मको समय दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?