काठमाडौं । गृह मन्त्रालयका पूर्वसचिव नारायणगोपाल मलेगो विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरेको छ ।
ललिता निवास प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव मलेगो विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन सुरु गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन मलेगोको पनि भूमिका देखिएपछि छानबिन थालिएको स्रोतले जनाएको छ।
मलेगो २०७२ मङ्सिर ६ देखि ०७३ भदौ ८ सम्म गृह मन्त्रालयको सचिव थिए । भौतिक योजना तथा निर्माण मन्त्रालयको सह–सचिव हुँदा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा मलेगोको संलग्नता देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया