एसइईको नतिजामा सुधार : ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२ हजार बढी

लोकपथ
819
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी रहेका थिए । २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए ल्याएका परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए ।

त्यस्तै प्रकाशित नतिजा अनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हो । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?