काठमाडौं । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
छत्रेश्वरी–६ का ३६ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकृत एवं प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनी बसका धनी रहेको खुलेको छ ।
बिहीबार बिहान गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।
राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युतिय तारले बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया