३ आश्विन २०७८, आईतवार

केपी ओलीलाई हराउन कांग्रेसले बनाउँदैछ यस्तो रणनीति, अब विश्वप्रकाश शर्मा मैदानमा

२०७४,कार्तिक,८,बुधबार ११:०२


काठमाडौं । बाम गठबन्धनका प्रवद्र्वक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लान झापामा नेपाली कांग्रेसको पनि राम्रै पकड छ । २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेले लगभग बराबरी मत ल्याएका थिए । अहिले बाम गठबन्धन बनेसँगै झापामा एमाले केही बलियो देखिएको छ भने ओलीले चुाव लड्ने क्षेत्र नम्वर ५ मा एमालेको राम्रै पकड छ । उक्त क्षेत्रमा कांग्रेसले नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री केशव बुढाथोकी र रामकुमारी पौडेलको नाम सिफारिस गरेको छ । तर, यी दुबै नेता उम्मेदवार बन्न अनिच्छुक देखिएका छन् । उनीहरुले ओलीको प्रभाव क्षेत्रमा उम्मेदवार बन्न नचाहेपनि कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले आफु उक्त क्षेत्रमा उम्मेदवार बन्न सधैं तयार रहेको बताएपछि कांग्रेसको संसदीय बोर्डले सोहै अनुसारको निर्णय गर्ने तयारी गरेको छ । बुधबार बिहान बसेको कांग्रेस संसदीय बोर्ड बैठकमा यस बारेमा छलफल समेत भएको एक नेताले बताए । उनका अनुसार शर्मासँग छलफल पछि उम्मेदवारी टुंगो लगाइने छ । शर्मा यस अघि दोस्रो संविधानसभा निर्वाचनमा झापा एकमा झिनो मत अन्तरले पराजित भएका थिए । एमालेका रविन कोइरालासँग उनी पराजित भएका थिए । कांग्रेसका युवा नेता शर्मा राष्ट्रिय राजनीीतमा समेत परिचित नाम हो । उनले क्षेत्र नम्वर एकबाटै उम्मेदवारी बन्ने चाहना राखेपनि पार्टीको निर्णय मान्दै पाँचबाट उम्मेदवार बन्न आफु तयार रहेको जानकारी नेतृत्वलाई दिइसकेको कांग्रेस निकट स्रोतको भनाई छ । कांग्रेसले झापा ५ मा शर्मालाई उम्मेदवार बनाए ओली देशव्यापी प्रचारमा हिड्न नसक्ने र ओली झापामा मात्रै केन्द्रीत भए अन्यत्र लाभ लिन सकिने निश्कर्षमा पुगेको बताइन्छ । झमा प्रभावशाली युवा नेता भएका कारण ओलीलाई कडा टक्कर दिन पनि सक्ने र ओली झापामा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रीत हुनुपर्ने अवस्थामा बाम गठबन्धनको देशव्यापी प्रचार अभियानमा ओलीको उपस्थिति कमजोर बन्ने भएकाले यो रणनीति अपनाउन लागिएको कांग्रेसका एक नेताले बताए । स्थानीय निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्वर पाँच अन्तरगत दमक नगरपालिकामा एमाले विजयी भएको थियो भने कमल गाउँपालिकाकामा कांग्रेससँग मत बराबरपछिको गोलाप्रथाबाट एमाले विजयी भएको थियो । यस्तै १ देखि ८ नम्बर वडा पर्ने गौरादह नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो भने गौरीगञ्ज गाउँपालिका प्रमुख राप्रपाले जितेको छ । तर, राष्ट्रिय नेता भएका कारण ओलीको व्यक्तिगत प्रभाव उक्त क्षेत्रमा राम्रो छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ११:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताएका छन् । सातौँ संविधान दिवसका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले सातै प्रदेशमा तत्काल प्रदेश प्रहरीको व्यवस्था हुनुपर्ने बताएका छन् । महेन्द्रनारायण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त

काठमाडौँ । पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुमतको सरकार फेरिने तथा पटक–पटक संसद्

ताजा समाचार

रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१