काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीबार बिहान बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले मुख्यमन्त्री बनाउन पाँच बजेभित्र दाबी पेश गर्न निर्देशन दिएको हो।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले माओवादी संसदीय दलको नेता इन्द्र आङ्वो, नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईलाई बालुवाटार बोलाएर ५ बजेभित्र पेश गर्न पुनः निर्देशन दिएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
शुक्रबार विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा आज बिहीबार साँझ ५ बजे सकिँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया