एलओडीका मालिक श्रेष्ठ र सुवालविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
679
Shares

काठमाडाैं ।  लड अफ ड्रिङ्क्स एलओडीका मालिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले एलओडीका मालिकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

एलओडीमा गएकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएकी थिइन् । नाबालिगलाई क्लबभित्र प्रवेश गराएको पाइएपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?