काठमाडौं । दैलेखमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन भएको छ ।
भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव श्री प्रशान्त कुमार सोनाले संयुक्त रुपमा ४ वटा विद्यालय भवनहरु नेपाल सरकारका सम्बन्धित स्थानीय निकायलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको भवनमा दैलेखको लालिकाँडास्थित श्री मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित श्री भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित श्री जगदीश माध्यमिक विद्यालय र रामपुरस्थित श्री नारायण क्याम्पसको क्याम्पस भवन रहेका छन्

कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर वि।सी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष श्री गणेश बहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष श्रीमती मन्जु कुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख श्री लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो ।

यी परियोजनाहरु भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । विद्यालय र क्याम्पस निर्माण परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, दैलेखमार्फत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया