१ लाख २५ हजार घुससहित सम्सी गाउँपालिकाका लेखापाल पक्राउ

लोकपथ
63
Shares

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी चरिन यादव रहेका छन् ।

कोभिडको जनचेतनामूलक कार्यक्रमको भुक्तानीका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?