काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वाभिमान र स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताए ।
उनले भने ‘ राष्ट्रिय स्वाधीनता र स्वाभिमान गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ हैन उहाँबाट राजीनामा चाहियो । उहाँ साहै« भएन ।
ओलीले प्रधानमन्त्री दाहालको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया