नेपालको पहिलो टिभी च्यालन नारी टेलिभिजन एचडी शुरु

लोकपथ
0
Shares

काठमाडौं । नेपालको पहिलो टिभी च्यालन नारी टेलिभिजन एचडी शुरु भएको छ । बुधबारबाट नारीहरुको नसुनिएको कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभिले आफ्नो मुख्य उदेश्य राखेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा आएको छ । करिब १ लाख ३४ हजार ९०० जनसंख्या रहेको सुदुरपश्चिमको बाजुरामा उद्घाटन समारोहका बीच त्यहाँ रहनु भएका १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यान संगै ३ महिनाका लागि पोट्रिन डाईट औषधीसंगै १०० जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको छ ।

उद्घाटन समारोहमा उपस्थीत भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृह मन्त्री रबी लामिछानेले टेलिभिजनको भिडहरुमा नारी टिभिले फरक उदेश्य र महत्व राख्ने सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?