चट्याङ लागेर एक जनाको मृत्यु

लोकपथ
112
Shares

काठमाडौं । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गौरीगंज गाउँपालिका-६ कन्चिरास्थित खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर सोही ठाउँ बस्ने प्रसदिया सरदारको छोरा १५ वर्षीय बिजय सरदारको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने २ जनाको मेडि म्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?