समीरमान सिंह बस्नेतलाई जन्मकैदको सजाय

लोकपथ
3k
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न समीरमान सिंह बस्नेतलाई जिल्ला अदालत काठमाडौंले जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई जन्मकैदको सजाय सुनाएको हो ।

सोही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?