काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले केही दिन अघि भारतीय व्यवसायी प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पहल गरेको भन्दै दिएको अभिव्यक्तिबारे एमालेले आपत्ति जनाएको हो ।
संसदमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानन्त्रीको उक्त भनाइले नेपालीहरुको शीर निहुरिएको भन्दै कटाक्ष गरेका थिए । त्यसो त आजै बसेको एमाले संसदीय दलको बैठकले सदनमा प्रधानमन्त्रीको जवाफ माग गर्ने र राजीनामा माग्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीको राजीनामा नआए सदन चल्न नदिने एमालेको अडानपछि आधा घण्टाका लागि संसद बैठक स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया