एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
70
Shares

काठमाडाैं । नेपाली कांग्रेसले लामो समयपछि केन्द्रीय समिति बैठक बोलाएको छ । असार २७ गतेलाई केन्द्रीय समिति बैठक बोलाइएको नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लोकपथलाई जानकारी दिए । आफूलाई बैठकबारे जानकारी आए पनि एजेण्डाहरु छनोटबारे जानकारी नआएको बताए ।

‘२७ गते दिउँसो १ बजे बैठक बस्ने भन्ने जानकारी आएको छ । तर एजेण्डाबारे भने कुनै जानकारी आएको छैन ।’ उनले भने ।

बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो ।

यसअघि कांग्रेस केन्द्रीय समिति बैठक गत वर्ष २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।

विधानतः दुई दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भन्ने प्रावधान रहे पनि लामो समय बैठक बस्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?