लुम्बिनी प्रदेश सभाको जेनेरेटरमा आगलागी : बैठक स्थगित

लोकपथ
42
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएको छ । प्रदेश सभाको बुधबारको बैठक चलिरहेको बेलामा आगलागी भएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

भवनमै रहेको जेनेरेटरमा आगलागी भएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता ईश्वरी प्रसाद आचार्यले लोकपथलाई जानकारी दिए ।

‘प्रदेशसभाको बैठक चलिरहेका बेला आगालागी भएको हो । आगलागीपछि बैठक १० मिनेटका लागि स्थगित भएको छ । १० मिनेटपछि बैठक बस्छ ।’ उनले भने ।

प्रदेश सभाको दोस्रो अधिवेशनको १७ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो । जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेशसभामा अँध्यारो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?