प्रभात माध्यमिक बिद्यालयमा गुरु सम्मान कार्यक्रम

प्रभात बचत कोषको आयोजनामा  २०८० असार १८ गते गुरु पूर्णिमाको दिन गुरु सम्मान कार्यक्रम २०८० भब्य रुपमा सम्पन्न भयो । प्रभात माध्यमिक बिद्यालयका पूर्व विधार्थी तथा प्रभात बचत कोषको सचिब  रामकृष्ण महर्जनले उदघोषकको रुपमा आफ्नो भुमिका निभाउनु भएको थियो । उक्त्त कार्यक्रममा प्रभात बचत कोषका अध्यक्ष  राजेन्द्र नापितको सभापतित्व तथा प्रभात माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक  निरकेशरी श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियों भने प्रभात माध्यमिक विद्यालयका बर्तमान प्रधानाध्यापक देबी प्रसाद दुलाल बिशेष अतिथि र अतिथि गुरुवर्गहरुमा  चिनानी बज्राचार्य, रत्नलाल महर्जन, देवी प्रसाद कट्टेल, अन्तर बहादुर सिलवाल (पुर्व सिडिओ), दिल बहादुर जि.सी, बाबुराजा महर्जन, जय प्रकाश लाल श्रीवास्तव, पुरुषोतम अधिकारी, राम महर्जन, सुमुखी श्रेष्ठ, सीता देबी थापा, मदन महर्जन, न्हुछेलाल महर्जन र सुन्दर दिप महर्जनको उपस्थिति थियो । यस कार्यक्रममा प्रमुख अतिथि नीरकेशरी श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कोषका सह–सचिब ज्ञानमुनि शाक्यले गर्नु भएको थियो । कार्यक्रममा अतिथि नेपाल रेडक्रस सोसाइति ललितपुरका सभापति र प्रभात माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका सदस्य बाबुराजा महर्जनले आफ्नो मन्तव्य राख्नु भएको थियो । त्यसै गरि अतिथिमै पूर्व सिडियो, प्रभात माध्यमिक बिद्यालयका पूर्व शिक्षक अन्तर वहादुर सिल्वालज्यूले आजको नयाँ जेनेरेशनमा गुरुको महत्व र गुरुको सम्मानको विषयमा मन्तव्य दिनुभएको थियो । त्यसै गरि बिशेष अतिथिमा प्रभात माध्यमिक बिद्यालयका बर्तमान प्रधानाध्यापक देवी प्रसाद दुलालले प्रभात माध्यमिक बिद्यालयलाई ललितपुरको उत्कृष्ट विद्यालय बनाउनु भएकोमा पूर्व प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षकहरुलाई धन्यबाद दिएका थिए ।

त्यसै गरि यस कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानाध्यापक नीरकेशरी श्रेष्ठले आफ्नो कार्यकालमा आफ्ना शिक्षक साथीहरुको साथ र सहयोग बाट नै प्रभात माध्यमिक बिद्यालय आजको स्थान सम्म पुग्न सफल भएकोमा आभार प्रकत गर्दै धन्यबाद दिनुभएको थियो । त्यसबेला उहाँलाई साथ दिने बिधार्थी भाई बहिनीहरु र अभिभावकहरु प्रति पनि आभार प्रकत गदै निकट भविष्यमा प्रभात कल्यानकारी कोषको स्थापना गर्ने कुरामा पूर्ण रुपमा सहमत भएको जानकारी गराउनु भएको थियो । त्यसै गरि कोषका सदस्य गोकुल नगरकोटीले कार्यक्रममा सहभागी गुरुवरहरु तथा सहयोग गर्नुहुने सबै समकक्षी साथीहरुलाई धन्यबाद मन्तव्य दिनुभएको थियो । कार्यक्रमको अन्तमा सभापति  राजेन्द्र नापितले उपस्थित हुनु भएका सम्पूर्ण अतिथि गुरुवरहरुलाई मायाको चिनो दिनु भएको थियो र आजको आधुनिक युगमा हामीलाई प्रगतिको बाटो देखाउने गुरुहरुलाई सम्मान गर्न पाउँदा आफु लगायत सम्पूर्ण कोषका सदस्यहरुलाई धन्यबाद दिई कार्यक्रम समापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?