काठमाडौं । उप सभामुख इन्दिरा राना मगरले संघीय संसदमा प्रनिनिधित्व गरिरहेका महिलालाई कमजोर देखाउने खेल भइरहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
मंगलवार महिला सुरक्षा दबाब समूहको ३० औं वार्षिक उत्सवका सन्र्दभमा आयोजित महिला सम्मान कार्यक्रममा रानाले संसदमा महिला र गैह्र राजनीतिक क्षेत्रबाट उप सभामुख भएकै कारण आफूप्रति समेत विभिन्न धारणा र टिका टिक्पणी हुने गरेको गुनासो गरिन् ।
उनले भनिन् ‘सुरुसुरुमा यो एनजिओबाट आएकी यसले के जानेको छ भनेर मलाई धेरैले जिस्काउनु भएको छ ।’
उनले संसदमा प्रनितिनिधित्व गर्ने महिलाप्रति कमजोर र पुरुष भन्दा कम क्षमतावान छन् भन्ने विभिन्न टिका टिप्पणी हुने गरेको भन्दै संसदमा प्रतिनिधित्व गरिरहेका महिला पुरुषको तुलनामा अझ बढी क्षमतावान भएको दाबी गरिन् ।
उनले भनिन्, ‘कोईकोइ बेला पुरुष मित्रले गिज्याएको पनि सुन्छु । खै हाम्रो महिला माननीयज्यूहरु ३३ प्रतिशत भन्नुहुन्छ, बोल्न पनि जान्नुहुन्न भनेर । सासु, आमा स्याहार्न पर्छ, घर सम्हाल्नु पर्छ, बच्चा स्याहार्नु पर्छ, समाज र इष्टमित्र सबैलाई हेरेर तपाईंसंग पुगेर प्रतिस्पर्धा गर्नु भनेको सदनमा महिला तपाईंहरु भन्दा बलियो हो भनेर म दाबी गर्छु ।’
संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण महिलाहरु आ– आफ्नो कथा बोकेर सदनसम्म पुगेको यथार्थलाई भूल्न नहुने भन्दै उनले संसदमा प्रतिनिधित्व गर्ने महिलामाथि नचाहिने टिका टिप्पणी नगर्न सचेत गराइन् ।
उनले आफ्नो फोटो संसदमा राख्नुपर्ने भनेर बोल्दै नबोलेको जिकिर गरिन् । महिला हक अधिकारको लागि पार्टी र पदभन्दा माथि उठेर काम गर्नु पर्ने उनको धारणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया