आफ्नो जिम्मेवारी गम्भीर भएर पुरा गर्न गृहमन्त्रीको निर्देशन

लोकपथ
84
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, आफ्नो जिम्मेवारी राम्ररी निभाउन निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरवारमा आयोजित आधरभुत सरसफाई तथा स्वच्छता तालिम समापन कार्यक्रममा उनले, हरेक कामको आ आफ्नै महत्व भएको भन्दै आफ्नो जिम्मेवारी गम्भिर भएर पुरा गर्न निर्देशन दिए ।

‘जिम्मेवारी ठुलो वा सानो हुँदैन् । कुनै पनि काम सानो हुँदैन । हरेक कामको आफ्नै महत्व छ । र यो काम सामुहीक रुपमै गर्नु पर्ने हुन्छ । त्यसैले तपाईहरुले हिनताग्रन्थी मैले सानो काम गरिरहेको छु भनेर आफ्नो शीर झुकाउनु पर्ने अवस्था छैन । तर जिम्मेवारी चाही सबैले पुरा गर्नु पर्छ ।’

सरकारले, समानताको सम्बन्ध राख्ने र यो तालिमको प्रगति देख्दा आँफैले पनि लिन पाएको भए हुन्थ्यो जस्तो लागेको उनको भनाई छ । उनले सबैले आफुले सकेको जति काम आफैले गर्नुपर्ने र सिक्ने कुरामा कहिले विराम लगाउन नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?