काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले भू उपयोग नीति कार्यान्वयनमा वेवास्ता गरेको बताएकी छिन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत छलफलमा सहभागी उनले भू उपयोग ऐन कार्यान्वयन नगर्दा स्थानीय सरकारसंग समन्वयन गरी भूमिको उपयोग वर्गीकरण गरी भूमी बैंक सञ्चालन गर्ने सरकारको कार्यक्रममा असर परेको भन्दै सो बारे मन्त्रालयको स्पस्ट धारणा माग गरेकी हुन ।
देवकोटाले भनिन्, ‘भू –उपयोग ऐनमा भूमि बैंकको व्यवस्था छ । भूमिको उपयोगलाई वर्गीकरण गरेर भूमिको अधिकतम उपयोग गरेर स्थानीय तहमा भूमि बैंक स्थापना गर्न सक्ने ऐन निर्माण भएको छ । नियमावली, कार्यविधि बनेको छ,तर भूमि बैंक अहिले सम्म कार्यान्वयनमा आउन सकेको छैन् । सरकार र सम्बन्धित मन्त्रालयले के गर्न खोजीरहेको हो यो बारे स्पस्टता आओस् ।’
त्यस्तै, उनले भौतिक पूर्वाधारको विकासमा विकृति बढेर गएको भन्दै विकास नीतिमा समेत बहस गर्र्नुपर्ने आवश्यकता औंल्याईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया