बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी, कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल

लोकपथ
91
Shares

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषय र कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल हुने प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यले जानकारी दिए ।

त्यस्तै बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने विषयमा पनि छलफल हुनेछ ।

गत शुक्रबार एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?