काठमाडौं । नेपाली समाजले मौलिक संस्कृति र पहिचान भुल्दै गएको गुनासो गरेका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो समय नेपाली समाजमा सांस्कृतिक विचलन आउन थालेको भन्दै त्यसलाई सुधारेर राम्रा कुराको प्रचार हुनु पर्ने बताएका छन् ।
उनले भने ‘मौलिक परम्परा भन्दा, सभ्यता र संस्कृति भन्दा फरक हाम्रो आफ्नो पहिचान भन्दा फरक, मातृ देवो भव, पितृ देवो भव, गुरु देवो भव भन्ने हाम्रो संस्कृती हो । आमालाई हामी स्वर्ग भन्दा बढी आरदरणीय पुजनिय मान्छौं । पितालाई त्यसैगरी मान्छौं देव तुल्य । त्यस ठाउँमा अहिले अलि फरक संस्कृति आउन थालेको छ । गुरुलाई नमान्ने हेला गर्ने, बा आमालाई नमान्ने हेला गर्ने आदरभाव नदेखाउने यस्तो भाव बढेको छ ।’
यो प्रवृति गलत भएको बताएका उनले, केही ठाउँमा यस्ता प्रवृति भएपनि त्यस्तो मात्रै छ भन्न नमिल्ने भन्दै त्यस्तलाई निरुत्साहित गर्नु पर्ने बताए ।
शिक्षा भएर मात्रै केही नहुने तर मती भ्रष्ट छ भने समाजका लागि घातक हुने बताए ।
मानिसको लागि अरुका लागि कति गर्यो भन्ने प्रश्न ठुलो भएको बताए ।
उनले भने ‘ मति राम्रो हुनु सुमति हुनु सबैभन्दा ठुलो कुरा हो । पढाई देखाई धेरै छ सर्टिफिकेट ठुलो छ तर मति भ्रष्ट छ राम्रो छैन भने त्यो दुनियाँका लागि पीडाको विषय बन्छ । ’
त्यस्तै उनले आफूले देशका विभिन्न ठाउँको यात्रा गर्ने योजना बनाएको समेत बताए ।
उनले पश्चिमको झुलाघाटबाट सुरु गरेर पाँचथरको चिवा भञ्ज्याङसम्मको एक महिनाको यात्रा गर्ने र गाउँलेसंग अन्तरक्रिया गर्ने योजना बनाएको सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया