पैसा नआउँने कारणले ग्रामीण क्षेत्रमा सूचना सञ्चारको सुविधा पुगेन : प्रवक्ता महरा

लोकपथ
77
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले ग्रामीण दूर सञ्चारले ग्रामीण क्षेत्रमा पैसा नआउँने कारणले सूचना सञ्चारको सुविधा नपुगेको गुनासो गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा दूरसञ्चारको विकास र सरोकारवालाको भूमिका विषयक विशेष अन्र्तक्रिया कार्यक्रममा प्रवक्ता महराले पैसाको लोभले शहरमा मात्र ग्रामीण दूर सञ्चार केन्द्रित हुने गरेको आरोप लगाए ।

उनले कर्णाली र डोल्पामा ४ वटा मात्र घर भएको गाउँमा पनि मैलिक हक उपयोग गर्न पाउनुपर्ने बताए । प्रवक्ता महराले ग्रामीण दूर सञ्चारले ग्रामीण क्षेत्रमा बढी मात्रामा खर्च गर्न आवश्यक रहेको बताए ।

उनले भने,’सूचना सञ्चार नभएको मान्छे नै जानकारविहीन मानिस हुन्छ । त्यसैले हामीले प्रविधिको क्षेत्रमा धेरै विकास गर्नुपर्ने हुन्छ । ग्रामीण दूर सञ्चारमा पनि शहरमा पैसा आउछ, धेरै गाउँमा जाँदैनन् कर्णाली र डोल्पामा ४ वटा मात्र घर भएको गाउँ छ त्यसले पनि मौलिक हक उपयोग गर्न पाउनुपर्यो त्यहाँ पनि टेलिफोन हुनु पर्यो । त्यसैले ग्रामीण दूर सञ्चारले ग्रामीण क्षेत्रमा बढी मात्रामा खर्च ग्रामीण क्षेत्रमा गर्नु पर्छ ।’

उनले हुलाकलाई पनि आधुनिकीकरण गर्नुपर्ने टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?