काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले अहिलेपनि पहिले झै देश उन्मुख बजेट नआएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा भएको विनियोजन विधेयकमाथिको छलफलमा सांसद मिश्रले बजेट कहिले विराटनगरमुखी, कहिले झापा उन्मुख भएर मात्र आउने गरेको भन्दै देश उन्मुख बजेट आउन नसकेको गुनासो गरे ।
उनले भने,‘ २०४८ सालको पहिलेदेखि नैं बजेट कहिले विराटनगर मुखी कहिँले झापा उन्मुख कहिले कहाँ कहाँ उन्मुख हुने भईरहेको छ । देश उन्मुख बजेट बनाउन सक्छौं कि सक्दैनौं त्यतातिर ध्यान दिन आवश्यक छ ।’
उनले विनियोजन विधेयकको समयमा कार्यन्वयन गर्ने र नगर्ने नगर्ने व्यक्ति र संस्थालाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
उनले भने ‘विनियोजन विधेयकको समयमा कार्यन्वयन गर्ने भए नभएको रेखदेख र नियन्त्रण गर्ने व्यत्ति र संस्थालाई पुरस्कार र दण्डको व्यवस्था गर्न आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया