काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् ।
नेविसंघका अध्यक्ष महरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
पोखरामा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न माग गर्दै बानेश्वर हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरुले पदर्शन गरेका थिए । पोखरामा पक्राउ परेका कार्यकर्तालाई रिहा नगरे कडा आन्दोलन गर्ने जानकारीसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउन नेविसंघ बानेश्वर पुगेको थियो ।
श्रोतका अनुसार पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया