महिला उत्थान कार्यक्रमको लागि बजेट पर्याप्त छैन् : सांसद न्यौपाने

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सांसद भगवती न्यौपानेले राष्ट्रपति महिला उत्थान कार्यक्रमको लागि बजेट पर्याप्त नभएको भन्दै आपत्ति जनाएकी छन्।

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरामा ध्यान दिएर बजेट निर्माण हुन नसकेको गुनासो गरीन् ।
उनले भनिन् ‘चालू आर्थिक वर्षमा महिला, बालबालिका ज्येष्ठ नागरिकको क्षेत्रमा जति बजेट विनियोजन भयो। ४० प्रतिशत पनि खर्च गर्न सकिराखेका छैनन्। त्यसमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत पूँजीगततर्फ १० दशमलव ९ प्रतिशत मात्रै खर्च भएको छ।

त्यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रमको बजेटअन्तर्गत पर्याप्त बजेट विनियोजना गरिएको छैन। यसैले म फेरि पनि जोड दिएर भन्न चाहन्छु । महिलाहरुलाई आत्मनिर्भर बनून भन्नेतर्फ यो सरकारले ध्यान दिएको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?