काठमाडौं । राष्ट्रिय सभा सांसद राधेश्याम पासवानले सिरहा जिल्ला भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन् ।
सोमवार राष्ट्रिय सभाको बैठकमा सांसद पासवानले अध्यक्ष यादवले दलित समुदायमाथि अपमानित व्यहार गरेको र मुद्दा दर्ता भईसक्दा पनि कारबाही नभएको भन्दै कारबाही गर्न माग गरेका हुन् ।
उनले भने,’सामुहिक भोजमा दलित समुदाय र मुस्लिम समुलायलाई छुट्टा छुट्टै भोज खुवाईयो पटक पटक सदनमा पनि भन्यौं । मानव अधिकार आयोग दलित आयोगबाट अनुसन्धानहरु गरेर मुद्दा दर्ता गरियो तर हाल सम्म कारवाही हुन सकेको छैन् सम्बन्धित प्रशासनलाई समेत कारबाहीको माग गर्दछु ।’
साथै दाङको तुलसीपुरमा दलित विद्यार्थीलाई जात थाहा पाएपछि डेराबाट बाहिर निकालिएको भन्दै दलित समुदायले कहिलेसम्म अन्याय सहनुपर्ने हो भनेर प्रश्न समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया