बन्दीपुर गाउँपालिकाद्वारा अस्थायी पर्यटक प्रहरी पोष्ट हस्तान्तरण

लोकपथ
0
Shares

काठमाडौं । बन्दीपुर गाउँपालिकाले अस्थायी पर्यटक पूहरी पोष्ट हस्तान्तरण गरेको छ । गाउँपालिकाको संयोजकत्वमा बनेको उक्त प्रहरी पोष्ट पर्यटक प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

उक्त पर्यटक प्रहरी चेकपोष्ट भवन गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले आइतबार एक कार्यक्रमकाबीच पर्यटक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पर्यटनसँग सम्बन्धित क्षेत्रका प्रतिनिधि, सरोकारवाला तथा समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।

वि.स २०७५ सालमा स्थापना भएको उक्त पोष्टको प्रमुखको रूपमा प्रहरी सहायक निरीक्षक रहेका छन् । बन्दीपुर पर्यटकीय गन्तव्यका रूपमा उभिएको, पर्यटकलाई आकर्षित गर्ने र पर्यटनको बढ्दो महत्त्वलाई मान्यता दिँदै कुनै पनि सुरक्षा चिन्तालाई सम्बोधन गर्न र आगन्तुकहरूलाई सहयोग पु¥याउन समर्पित अस्थायी पर्यटक प्रहरी पोष्टको स्थापना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?