काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरपालिकाले सात दिने अल्टिमेटम दिएको छ ।
आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले ललिता निवासको जग्गामा बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।
राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको थियो ।
ललिता निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया