ललितानिवासको जग्गामा तारबार लगाउन काठमाडौं नगरप्रहरीको टोली बालुवाटारमा

लोकपथ
252
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गामा तारबार लगाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएपछि महानगरको नगरप्रहरीको टोली बालुवाटार गएको हो ।

महानगरका प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका छन् । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको र अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको पाण्डेले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?