काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
आफू १९ महिना प्रधानमन्त्री हुँदा बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा आफूको कुनै संलग्नता नभएको स्पष्ट पारे ।
लतिलता निवास जग्गा प्रकरणमा मुछिएकाहरु धमाधम पक्राउ पर्न थालेपछि सामाजिक सञ्जालमा लैख्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।
धेरै निर्णयहरु सम्बन्धित मन्त्रालयबाट सचिवले त्यसको बारेमा मुख्यसचिवले ब्रिफिङ गरेपछि समितिमा छलफल हुने भन्दै त्यो प्रक्रियामा आफू संलग्न नभएको भन्दै बचाउ गरेका छन् ।
‘ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर मन्त्रिपरिषदको सामाजिक (?) समितिमा छलफलपछि मन्त्रिपरिषदबाट पारित भएजस्तो लाग्छ । मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छ । गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाककचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु ।’ डा. भट्टराईले भनेका छन्, ‘तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो ! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन । कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप ककगाएको पनि छैन !’
त्यस्तै राज्यको सम्पती निजी लाभको लागि दोहन गर्ने र शक्तिको दुरुपयोग गर्नेहरुको विरुद्ध आफू लागेको बताउँदै त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनका लागि समेत आग्रह गरे ।
‘देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउककदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु ।’ उनले भने, ‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !’
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ । मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुककदैन! म प का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन्! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ! त्यसले सबै जाककचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत् निर्णय गर्छ।
ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक (?) समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ।मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाककचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ! यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु ।
तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप ककगाएको पनि छैन ! देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउककदै आएको छु! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु । बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया