काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्यनिष्ट एकतालाई बचाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न सक्ने सम्भावना आफुहरुले गुमाएको बताएका छन् ।
आईतबार भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नारायण विलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट एकतामा देखिएको ठूलो उभार र उत्साह सेलाएर गएको बताए । उनले समाजवादको हितमा जाने सम्भवना पनि एकता टुट्दा गुमेको बताए ।
उनले भने ‘मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गरेमा हामीले छिटो भन्दा छिटो आर्थिक समृद्धि तिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाई डो¥याउन सकिन्छ भनेको थिए । र, कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुईतिहाई प्राप्त पनि भयो जनतामा ठुलो उभार र उत्साह देखा प¥र्यो । प्रतिक्रियावादी प्रतिक्रान्तीकारीहरुका लागि आतंक जस्तो भयो, अब कम्युनिष्टहरुले ४० ÷ ५० वर्ष कति वर्ष लाने हुन शासन भन्ने भय थियो । तर दूर्भाग्यबस हामीले त्यसलाई बचाउन सकेनौंं । त्यो एकतालाई बचाएर राष्ट्र,जनताको हितमा समाजवादको हितमा जाने प्रचुर सम्भावना थियो त्यो बचाउन सकिएन ।’
प्रधानमन्त्री दाहालले नारायण विलास जोशी कम्युनिष्ट पार्टीका संस्थापक मात्रै नभएर निकै नै गतिशील सामाजिक व्यक्ति पनि भएको बताए ।
उनले भने ‘हामीले उहाँहरुबाट प्रेरणा लिने भनेको कम्युनिष्ट सिद्धान्तप्रति निष्ठा व्यक्त गर्ने कुरा ,देशका श्रमिक जनताप्रति आस्था र विश्वास सुदृढ गर्ने कुरा,विभाजित भएको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न प्रयास गर्ने कुरा महत्वपुर्ण हो ।’
समाजसुधारको लागि केही न कही गरिरहने जोशीको विषेशतालाई आफुहरुले पनि त्यसलाई पछ्याउन आवश्यक भएको दाहालको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया