काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई सरकारमा आउन आग्रह गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले सो प्रस्ताव गरेका हुन् ।
यसअघि पनि सरकारमा सामेल भएको जनमतलाई पुनः सरकारमा सामेल भइ मिलेर काम गर्नुपर्ने प्रधानमन्त्रीको आग्रह थियो ।
स्रोतका अनुसार आजको भेटघाटमा सरकारमा सहभागिता हुनेबारे छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया