काठमाडौं । श्री एयरलाइन्सले आज (आइतबार) आफ्नो सबै उडान स्थगित गरेको छ । सबै विमानको परीक्षण गर्नका लागि श्री एयरलाइन्सले पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेको हो ।
एयरलाइन्सले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । सोमबारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन् ।
शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जस कारण धनगढी उडेको सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराइएको थियो ।
सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया