के कांग्रेस र एमालेको सरकार बन्न लागेको हो ? पदम गिरीसँग वारपार (भिडियोसहित)

प्रचण्ड धोकेबाज

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेस मिलेर सरकार बन्नुपर्ने जिकिर गरेका छन् ।

ठूला पार्टीहरु बाहिर बसेर सानो आकारमा मत पाएको पार्टीले सरकार चलाउँदा देशले निकास नपाउने समेत टिप्पणी गरे ।

लोकपथ टिभीसँगको कुराकानीमा पूर्वमन्त्री समेत रहेका गिरीले यसअघि नै आफूहरुले पटकपटक कुरा गरेको तर कांग्रेस तयार नभएका कारण त्यो सम्भव नभएको बताए ।

‘अब ढिला भइसक्यो । ठूला पार्टीहरु बाहिर बसेर जनमत नै गुमाइसकेको पार्टीले देशको नेतृत्व गर्दा देशले निकाश पाउँदैन ।’ गिरीले भने ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?