ललिता निवास प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

लोकपथ
266
Shares

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूवरिुद्ध दायर गरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधिश डा. कुमार चुडालको इजलासले गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो।

ललिता निवास प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित मुद्दा दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?