मोरङमा बीस प्रतिशत रोपियो धान

लोकपथ
105
Shares
{“caption”:”u092au093eu0901u091au0925u0930 u092bu093fu0926u093fu092eu2013u0968 u0915u094b u0939u094bu0915u094du092eu093e u0916u094bu0932u093e u092cu0947u0902u0938u0940u092eu093e u091au0948u0924u0947 u0927u093eu0928 u0930u094bu092au094du0926u0948 u0915u093fu0938u093eu0928 u0964 u0924u0938u094du092cu093fu0930 : u0932u0915u094du0937u094du092eu0940 u0917u094cu0924u092e/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}
काठमाडौं । जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन् ।
 असार महिनाको आधा समय बितिसक्दा यस पटक जिल्लामा २० प्रतिशतमात्र  अर्थात् आठ हजार तीन सय ३० हेक्टर जमिनमा धान रापाइँ भएको हो ।
कुल ८३ हजार तीन सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा  हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उनको भनाइ थियो। गत वर्ष ९९ प्रतिशत रोपाइँ भएकामा यस पटक पनि मौसमले साथ दिए साउन १५ सम्ममा सबै धान रोपिसकिने प्रमुख सिंहको जिकिर थियो ।
जिल्लामा  धेरै मात्रामा रन्जीत धान, राम धान, विवि एघार, स्वार्णलगायत धान लगाउने गरिएको  ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?