सरकारविरुद्ध सडकमा कांग्रेस,’वाइडवडी काण्ड कता हरायो, भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ । 

कांग्रेसले सरकारविरुद्ध काठमाडौंसहित देशका सबै ७७ जिल्ला सदरमुकाममा प्रदर्शन गरेको हो ।

वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

कांग्रेसले काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ ।

तस्वीरमा कांग्रेसको प्रदर्शन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?