पुर्व एआईजी नेपाल संघीय समाजवादी प्रवेश

काठमाडौं ८ कात्तिक – पुर्व गृह राज्यमन्त्री रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादी पार्टीले पार्टी केन्द्रिय कार्यालयमा आज एक कार्यक्रम गरि पुर्व एआईजी डा.कृष्ण कुमार तामाङलाई पार्टी प्रवेश गराएको छ। पार्टीका नेता ठाकुर चन्द्र गहतराजले डा. तामाङलाई पार्टीको ब्याच लगाएर पार्टी प्रवेश गराएका हुन । डा. तामाङसंगै चार जना पुर्व जर्नल पनि पार्टी प्रवेश गरेका छन । कार्यक्रममा बोल्दै पार्टीका नेता गहतराजले ने.सं.स पार्टी समतामूलक समाज निर्माणको बाटोमा अगाडी बढिरहेकोले सम्पुर्ण शोषित पिडित जातजाती र समुदाय एक ठाउँमा आउनुको बिकल्प नरहेको बताए । पार्टी प्रवेश गर्दै डा.तामाङले पार्टीको नीति नियम र नेताको बोली व्यबहारमा एकरुपता रहेको,पहिचान र अधिकारको लडाइँमा यो पार्टी प्रतिबद्ध रहेकोले आफू यो पार्टीमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?