काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
आज बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयर्थ पेश हुने कार्यसूची सार्वजनिक गरेको हो ।
मतदान हुनुअघि विश्वासको मतका लागि पेश भएको प्रस्तावमाथि उठेको सवालमा मुख्यमन्त्री कार्कीले जवाफ दिनेछन् ।
बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक केही बेरमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया