कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

लोकपथ
91
Shares

काठमाडौं । बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक शुरु भएको छ ।

बैठक शुक्रबार बिहान ११ बजे बस्ने शुरु भएको हो । बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

९३ सदस्य रहेको कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई सरकार जोगाइ राख्न ४७ मत आवश्यक पर्दछ । तर कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सहित ४६ सदस्यको मात्रै समर्थन रहेको छ ।

यता, विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक मात्र सांसद रहेको जसपाले विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?